भोजपुरकाे सात मतदान केन्द्रको जिम्मा महिलालाई


९ मंसिर २०७४, शनिबार
bhojpur district

भोजपुर : आइतबार हुने निर्वाचनका लागि जिल्लाका सात मतदान केन्द्रको जिम्मेवारी महिलालाई दिइएको छ । bhojpur districtप्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मतदान अधिकृतमा सात महिला नियुक्त गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा एक लाख १३ हजार ७४५ मतदाता छन् ।
सतासी मतदानस्थल र १४८ मतदान केन्द्र रहेको भोजपुरमा रामप्रसाद राई गाउँपालिकाको बेहेरेश्वर केन्द्रमा सीता राई र भुल्के केन्द्रमा यमकुमारी राई, हतुवागढी गापाको शान्ति निकेतन केन्द्रमा गीता ढकाल, साल्पासिलिछो गापाको सालेवा केन्द्रमा रोजु भुजेल तथा षडानन्द नपाको केन्द्रमा क्रमशः पुष्पलता उप्रेती, सरस्वती पौडेल र मीना खत्रीलाई जिम्मेवारी दिइएको सहायक निर्वाचन अधिकृत मणिराम पोखरेलले बताए ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७