प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आह्वान 


१० मंसिर २०७४, आईतवार

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनमा सरकारले शान्तिसुरक्षाको पूर्ण प्रबन्ध गरेकाले ढुक्कसँग मतदान प्रक्रियामा सहभागी हुन र आफ्नो मताधिकार विवेकपूर्ण रुपमा प्रयोग गर्न मतदातालाई आह्वान गरेका छन् । Sherbahadur Deuba 1शेरवहादुर देउवा
प्र्रधानमन्त्री देउवाले विज्ञप्ति जारी गर्दै मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा र प्रदेशसभाको प्रथम चरणको निर्वाचनमा ढुक्क भएर मतदान प्रक्रियामा सहभागी हुन नेपाली नागरिकलाई आह्वान गरेका छन् । “सरकारले निर्वाचनलाई शाान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित रुपमा सम्पन्न गर्न निर्वाचन आयोगमार्फत गरिएको सबै तयारीलाई सन्तोषजनक रुपमा लिँदै सरकारका तर्फबाट गरिने सबै तयारी पूर्ण भएको मैले विश्वास लिएको छु” विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री देउवाले लोकतन्त्रको सबैभन्दा ठूलो यस उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न सबैमा अनुरोध गरेका छन् । नेपालको संविधानले व्यवस्था गरेबमोजिम संघीय संसद् र प्रादेशिक संसद्का लागि आइतबार ३२ जिल्लामा प्रथम चरणको निर्वाचन शुरु भएको छ ।

रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७