पहिलो चरणमा कुन शीर्ष नेताहरुको मतदान कहाँ ?


१० मंसिर २०७४, आईतवार
yogesh bhattrai

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचनमा हिमाली तथा उच्च पहाडी ३२ जिल्लाका निर्वाचन क्षेत्रमा आइतबार बिहान ७ बजेदेखि मतदान जारी छ । पहिलो पटक संघीय संरचनाअनुसार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन भइरहेको हो । पहिलो चरणमा प्रतिनिधिसभाका ३७ र प्रदेशसभाका ७४ सिटमा मतदान भइरहेको छ ।yogesh bhattrai
७०२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेको पहिलो चरणमा चुनावमा राजनीतिक दलका शीर्ष नेताहरु पनि रहेका छन् । एमाले सचिव तथा ताप्लेजुङका प्रतिनिधि सदस्यको उम्मेदवार योगेश भट्टराईको नाम मैवाखोला गाउँपालिका–३ नारायणी उमावि केन्द्रमा छ । एमालेका सचिव पृथ्वी सुब्बा गुरुङले पनि आजै मतदान  गरेका छन्  । ४ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएका गुरुङ लमजुङबाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । उनले क्व्होलासोथार गाउँपालिका–९ को बुद्धोदय माविमा मतदान केन्द्र गर्ने छन् । एमालेको पोलिटब्यूरो सदस्य तथा भोजपुर क्षेत्र नं. २का प्रदेश सभाको उम्मेदवार शेरधन राईले भोजपुरबाट मतदान गर्नेछन् ।

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारीस्थित आदर्श उमाविमा मतदान केन्द्रमा मतदान गरेका छन् । पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङमा मतदान गरेका छन् । उनी गोरखा–२ को प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि हुन् । यस्तै माओवादीका अग्नि सापकोटाले सिन्धुपाल्चोकको साँगाचोकगढी–४ स्थित पञ्चकन्या मावि मतदान केन्द्रमा भोट हालेका छन् ।
यस्तै गोरखा १ का कांग्रेसका उम्मेदवार चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकाको भीमोदय उमावि मतदान केन्द्रबाट मत दिँदैछन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणा सिन्धुपाल्चोकका मतदाता हुन् । मतदाता सूचीमा उनको नाम सुनकोसी गाउँपालिका २ को महेन्द्रोदय उमावि केन्द्रमा छ ।

पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका–५ का मतदाता हुन् । उनले यमुनानन्द नमूना उमाविको मतदान केन्दमा मत हाल्ने छन् ।agni sapkota

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७