मैले नेपालीहरुलाई ठगेको छैन : चीनबहादुर थापा


१८ पुष २०७५, बुधबार
cb thapa

काठमाडौं, १८ पुस : तत्कालिन नेकपा (माओवादी)को शसस्त्र जनयुद्ध कालमा नक्कली माओवादी पिडित भएर अमेरिका बसिरहेका चिनबहादुर थापाले आफूले कुनै पनि नेपालीहरुले ठगी नगरेको दाबी गरेका छन् । गत भदौ १९ गते नयाँ पेजले थापाको ठगी बारेमा समाचार प्रकाशित गरेको थियो ।

cb thapa 1



पिडितहरुको भनाई र उनीहरुले दिएको चेकको आधारमा नयाँ पेजले समाचार प्रकाशन गरेको थियो । तर, थापाले उनीहरुलाई आफूले नठगेको बताएका हुन् । नयाँ पेजले गोबिन्द शाहीसँग ५० लाख रुपैयाँ, बिष्टसँग ३० हजार अमेरिकी डलर, रानाको १० हजार डलर, श्यामप्रसाद थपलियाको १० हजार डलर र मदन पाठकको १५ हजार डलर ठगी गरेको समाचार प्रकाशन गरेको थियो । तर, थापाले ती सबैबाट आफूले नठेगेको बताएका छन् ।


नयाँ पेजले श्यामप्रसाद थपलियाको १२ हजार ५ सय डलरको चेक पनि प्रकाशन गरेको थियो । उक्त चेक पनि झुटो भएको उनको दाबी छ । तर, प्रकाशित समाचारमा प्रस्तुत भएको तथ्य र प्रमाणहरु आफै बोल्छ भन्नेमा नयाँ पेज भने दृढ छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७