४४ अर्बभन्दा धेरैको गाडी आयात


१८ पुष २०७५, बुधबार
vehicle 1

काठमाडौं, पुस १८ । चालु आर्थिक वर्षको पहिलो ५ महिनामै ४४ अर्ब रूपैयाँ भन्दा धेरैको सवारी साधन र स्येरपार्टस् आयात भएको छ।

vehicle 1


भन्सार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५-७६ को पहिलो ५ महिनामै ४४ अर्व १२ करोड ७८ हजारको सवारी साधन आयात भएको हो।

यो तथ्याङ्क अघिल्लो आर्थिक वर्ष भन्दा ८ अर्ब ५४ करोड १ लाख १८ हजारले धेरै हो। आर्थिक वर्ष २०७४-७५ को यही अवधीमा ३५ अर्व ५७ करोड ९९ लाख ६० हजार को सवारी साधन तथा स्पेयर पाट्स आयात भएको थियो।

त्यसै गरी आर्थिक वर्ष २०७३-७४ को पहिलो ५ महिनामा ४० अर्ब ८८ करोड ३८ लाख ६५ हजारको र आर्थिक वर्ष २०७२-७३ को यही अवधिमा १२ अर्व ७६ करोड ९९ लाख २८ हजारको सवारीसाधन तथा स्पेयर पार्टस् आयात भएको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७