कुन शीर्ष नेताले कहाँ गरे मतदान ? (फोटोफिचर)
त्यस्तै एमाले सचिव योगेश भटटराइले ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ नारायणी उमावि मतदान केन्द्रबाट मतदान गरेका छन् । भट्टराई ताप्लेजुङमा बाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि हुन् । यता, एमाले नेता पृथ्वी सुब्बा गुरुङले लमजुङको बुधोदय मावि गिलुङबाट मतदान गरेका छन् ।
एमाले पाेलिटब्यूराे सदस्य तथा पूर्व मन्त्री शेरधन रार्इ भाेजपुरकाे अामचाेक गाउँपालिकाकाे शिक्षाज्योति अाधारभूत विद्यालय मतदान केन्द्र गरेका छन् ।
त्यसैगरी माओवादी केन्द्रका नेता तथा रुकुमका उम्मेदावार जनार्दन शर्माले रुकुमको मुसिकोट नगरपालिका यमुनान्दमुना उमावि केन्द्रबाट मतदान गरेका छन् । त्यस्तै अर्का नेता बर्षमान पुन, पूर्व सभामुख ओनसरी घर्तीले रोल्पाबाट र अग्नि सापकोटाले सिन्धुपाल्चोक २ बाट मतदान गरेका छन् ।
सिन्धुपाल्चोकमै राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शम्शेर राणाले सिन्धुपाल्चोकको सुनकोसी गापा महेन्द्रोदय उमावि केन्द्रबाट मतदान गरेका छन् । राणा सोही क्षेत्रको काङ्ग्रेस गठबन्धनको सहयोगमा राप्रपा प्रजातान्त्रिकका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार बनेका छन् ।
राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसीले बाग्लुङबाट मतदान गरेका छन् ।काङ्ग्रेस नेता रामहरी खतिवडाले पनि ओखलढुंगाको मानेभञ्जाङ गाउँपालिकाको थाक्लेबाट मतदान गरेका छन् ।