शिक्षक आयोग भिडेका ५३ शिक्षक अदालतको फैसला कुर्दै, के हाेला फैसला ?


१९ पुष २०७५, बिहीबार
teacher aayog

काठमाडौं, पुस १९ । शिक्षक सेवा आयोगको माध्यमिक तहको अस्थायी शिक्षकको लिखित परीक्षामा दिएका ५३ शिक्षक अहिले अदालतको फैसलाको पर्खाइमा छन् ।

teacher aayog

गएको असारमा लिखित परीक्षा दिएपछि आयोगले तल्लो तहमा स्थायी रहेको भन्दै उनीहरुको परीक्षा रद्ध गरेको थियो । तर आवेदन दिएको समयमा आफूहरु अस्थायी पदमै कार्यरत रहेकाले परीक्षा रद्ध गर्न नहुने जिकिर गर्दै सर्बोच्च अदालत पुगेका शिक्षकहरु मुद्धा फैसलाको पर्खाइमा छन् ।

शिक्षक सेवा आयोगले सर्बोच्च अदालतमा बुझाएको लिखित जवाफमा शिक्षा ऐन संशोधनसहितको व्यवस्था अनुसार अस्थायी शिक्षकका लागि मात्र लिइएको परीक्षामा स्थायी भइसकेकालाई सहभागी गराउन नमिल्ने र सहभागी भइसकेकाहरुको उजुरीको आधारमा परीक्षा रद्ध गरिएको उल्लेख छ ।

आयोगले लिखित परीक्षाको नतिजा प्रकाशन गरेर अन्तरवार्ता समेत लिन थालेको अवस्थामा सर्वोच्चमा मुद्धाको पेशी समेत नतोकिएकोले आफूहरु अन्योलमा परेको परीक्षा रद्ध गरिएका शिक्षकहरुले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७