माघ १ र ५ गते सार्वजनिक विदा


२० पुष २०७५, शुक्रबार
Sarbajanik bida

जनकपुर, २० पुस । आउँदो माघ १ र ५ गते प्रदेश नम्बर–२ को सरकारले सार्वजनिक विदाको घोषणा गरेको छ ।

Sarbajanik bida

प्रदेश–२ सरकारको बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले मकर संक्रान्ति (माघी) तथा माघ ४ गतेको बलिदानी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

अघिल्ला वर्षहरुमा सरकारले माघ १ गते सार्वजनिक बिदा दिने गरिएको भए पनि यस वर्षबाट कटौती गरेको छ । बलिदानी दिवस स्वतः स्फुर्त मनाइने गरेको भए उक्त दिन भने बिदा दिने गरिएको थिएन । तर, प्रदेश २ सरकारले यसपटक माघीसँगै बलिदानी दिवसका दिन पनि बिदा दिने निर्णय गरेको छ ।

cabinet pradesh 2 province 2

यसैबीच, बिहीबारकै मन्त्रिपरिषद् बैठकले लोकसेवा विधेयक स्वीकृत गर्दै प्रदेशसभामा दर्ता गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिएका छन् ।

संघीय सरकारले समयमा कर्मचारी उपलब्ध नगराउँदा विकास निर्माणमा अवरोध पुगेको भन्दै गुनासो चुलिरहेका बेला प्रदेश सरकारले प्रदेशबाटै स्थायी कर्मचारी पदपूर्ति गर्ने उद्देश्यले लोकसेवा विधेयकलाई स्वीकृत गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७