वाइड बडी छानविन प्रतिवेदन संशोधन हुने


२० पुष २०७५, शुक्रबार
Nepal Airline second wide Boady Air d4cXoZhXSw 1

काठमाडौं, २० पुस । वाइड बडी विमान खरिदसम्बन्धी संसदको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले तयार पारेको प्रतिवेदन संशोधन गरिने भएको छ ।

Nepal Airline second wide Boady Air d4cXoZhXSw 1

संसदको लेखा समितिको शुक्रबारको बैठकमा सहभागी सदस्यले प्रतिवेदन अपुरो भएको भन्दै आपत्ति जनाएपछि प्रतिवेदन संशोधन हुने भएको हो ।

नेपाल वायुसेवा निगमले वाइड बडी ‘ए ३००’ नामक दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको लेखा समिति अन्तर्गतको उपसमितिले निष्कर्ष निकालेको थियो ।

उक्त निष्कर्षसहित सार्वजनिक भएको प्रतिवेदनमाथि लेखा समितिमा भएको छलफलमा विवाद भएपछि संशोधन गर्ने निर्णय भएको हो । उपसमितिलाई समितिले संशोधनसहित सोमबारको बैठकमा पेश गर्न निर्देशन दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७