कस्तो हुन्छ जोडीको जीवन अनुभव नै गर्न पाएकी छैन : श्वेता खड्का


२० पुष २०७५, शुक्रबार
Sweeta Khadka

काठमाडौं, २० पुस । अभिनेत्री श्वेता खड्का ठूलो दुःख र पीडालाई सामना गर्दै अहिले चलचित्र र सामाजिक क्षेत्रमा फेरि क्रियाशिल छिन् ।

Sweeta Khadka 800x500
फाइल फोटो

नायक पति श्रीकृष्ण श्रेष्ठलाई अकल्पनीय रुपमा गुमाउनु पर्दाको पीडाले लामो थलिएकी उनी अहिले अभिनय, चलचित्र निर्माण र सामाजिक सेवामा जुटेकी छन् । दर्शकको मायाका कारण सँधै चर्चामा रहने श्वेता खड्का अहिले सामान्य जीवन शैलीमा छिन् ।

श्रीकृष्ण श्रेष्ठको यो अनुपस्थितिपछि उनको शुभचिन्तकले जीवन अगाडि बढाउने नयाँ बाटो रोज्न सुझावहरु समेत दिंदै आएका छन् । यसै विषयमा सञ्चार माध्यमहरुमा समेत अभिनेत्री खड्का बेलाबखत छाएकी छन् ।

तर, उनले अहिलेसम्म जीवनलाई अगाडि बढाउनका लागि कसैको सहाराका बारेमा नसोचेको बताएकी छन् । मिडियामा आउने कुरा आफ्ना दर्शकहरु सुझाव र माया भएको बताउँदै अभिनेत्री खड्का प्रेम र विवाह आफूलाई फेक कमिटमेन्ट जस्तो लाग्ने बताउँछिन् । यसमा विषयमा आफूलाई बोल्न रुची समेत नभएको उनले बताएकी छन् ।

उनले भनेकी छिन्–‘म खुशी छु । आफ्नै किसिमले जीवन चलाइरहेको छ । विगतमा कसैसँग सहकार्य गर्ने सम्झौता त भएको थियो तर मैले एउटी श्रीमतीका रुपमा, बुहारीका रुपमा जीवनको अनुभव नै गर्न पाइनँ । म हिजो पनि सिंगल थिएँ, आज पनि सिंगल नै छु । कस्तो हुन्छ जोडीको जीवन, अनुभव गर्न पाएकी छैन ।’

उनले आफू सिङ्गलमै खुशी रहेको बताउँदै चलचित्र क्षेत्र र सामाजिक कार्यमा नै अहिले आफूलाई केन्द्रित गरिरहेको स्पष्ट पारेकी छन् । पछिल्लो समय ‘कान्छी’ चलचित्र निर्माणसँग अभिनय समेत गरेकी श्वेता भूकम्पले भत्काएको एक वस्ती निर्माणको क्रममा छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७