सबै सवल भए मात्रै देश समृद्ध हुन्छ : डा. शिवमाया तुम्बाहाम्फे


२० पुष २०७५, शुक्रबार
Shiva maya Tumnbahaphe

बेलबारी, २० पुस : प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फेले सबै क्षेत्रका जनताहरु सवल भए मात्रै मुलुक समृद्ध हुने बताएकी छिन् । राज्यले सबै क्षेत्रका जनताहरुलाई बिकास र समृद्धिको मुलधारमा एकसाथ लैजानुपर्ने उनको भनाई छ ।

Shiva maya Tumnbahaphe


शुक्रबार मोरङ नेत्रहीन सङ्घले १७ औँ साधारण सभा तथा प्रथम ब्रेल लिपी दिवसका आयोजित कार्यक्रममा कानुनहरु अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिइन् । उनले अपाङ्गता भएकाहरूमाथि हुने विभेद र अप्ठ्याराहरूलाई कानुनी रुपमै समाधान गर्न सहयोग गर्ने प्रतिबद्धता पनि जनाइन् । ३८ जना दृष्टिविहीनलाई ज्याकेट, स्वेटरलगायतका न्यानो कपडा पनि वितरण गरिन् ।

Shivamaya



राष्ट्रिय अपाङ्ग महासंघका पूर्वअध्यक्ष डा. वीरेन्द्रराज पोखरेललाई कार्यक्रममा सम्मान गरिएको थियो । डा.पोखरेलाई तुम्बाहाम्फे दोसल्ला तथा सम्मानपत्र प्रदान गरिन् ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त सुदीप पाठक, राष्ट्रिय अपाङ्ग महासङ्घका पूर्वअध्यक्ष डा. वीरेन्द्रराज पोखरेल, राष्ट्रिय अपाङ्गता महासङ्घ प्रदेश नं. १ का संयोजक राम कार्की, नेकपा बेलबारी संयोजक पर्शुराम सुवेदी, इरान राई, महिला प्रतिभा सङ्घका शकुन्तला सुवेदी लगायतले सम्बोधन गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७