८ मतदान केन्द्र सम्पर्कविहिन


१० मंसिर २०७४, आईतवार
Dolpa

काठमाडौं: डोल्पाका ८ वटा मतदान केन्द्र अहिलेसम्म सम्पर्कविहिन रहेको छ । सम्पर्क नहुँदा उक्त केन्द्रमा मतदात सुरु भयो या भएन कुनै जानकारी हुन सकेको छैन ।

Dolpa
उपल्लो डोल्पाको शे—फोक्सुन्डो, डोल्पो बुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका केन्द्रको जानकारी हुन नसकेको हो ।
शे—फोक्सुन्डोका याङजेर गुम्बा, फोद गाउँ, कु गाउँ केन्द्र, डोल्पो बुद्धको पुरानो कलाङ, छार्काताङसोङ गाउँपालिकामा पर्ने सप्तकोशी, कागकोट र घेराङ मतदान केन्द्र सम्पर्कविहिन भएको छ ।
६६ मतदान केन्द्र मध्ये ५८ वटामा मतदान सुरु भैसकेको छ । हाल सम्म ५८ मतदान केन्द्रमा २५ प्रतिशत मतदान भैसकेको छ ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७