बीबीएलमा पनि सन्दीपको उत्कृष्ट डेब्यू, लिए दुई विकेट


२२ पुष २०७५, आईतवार
sandeep lamichhane 1

काठमाडौं, २२ पुस । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिगमा (बिपिएल) २०१९ क्रिकेटमा उत्कृष्ट डेब्यु गरेका छन् । अष्ट्रेलियाको प्रतिष्ठित क्रिकेट लिग बिग ब्यासमा चार खेल खेलेपछि बंगलादेश पुगेका सन्दीपले उत्कृष्ट सुरुवात गरेको हो ।

बिग ब्यास लिगमा चार खेलमा ८ विकेट लिएको सन्दीपले बिपिएलको डेब्यु खेलमा २ विकेट लिए । सिलेट सिक्सर्समा आवद्ध सन्दीपले कोमीला भिक्टोरियन्सविरुद्धको खेलको १३औं ओभरमो अन्तिम बलमा सोहेब मल्लिकलाई आउट गर्दै विकेटको खाता खोलेका थिए ।

यस्तै उनले व्यक्तिगत चौथो ओभरको दोस्रो बलमा अनमुल हकलाई बोल्ड गर्दै बीपीएलमा पनि उत्कृष्ट डेब्यू गरे । उनले लिगमा ४ ओभर बलिङ गर्दै १६ रन खर्चिएर २ विकेट लिएका हुन् ।

सन्दीपलाई कप्तान डेविड वार्नरले ८ औं ओभरमा बलिङ गर्न लिएका थिए । सन्दीपले आफ्नो पहिलो ओभरमा मात्र ५ रन सिंगलका रुपमा खर्चिए । जस्मा स्टिभ स्मिथले ३ र तामिम इकवालले २ पटक एक एक रन बटुले ।

https://youtu.be/QGlAN6tBcNQ

सन्दीपले दोस्रो स्पेलमा १० ओभरमा ३ रनमा खर्चिए । तीनै रन एक एक गरि खर्चिए । १३ औं ओभरको अन्तिम बलमा सोएव मालिकलाई सविर रहमानको हातबाट क्याच गराउदै डेब्यू पहिलो विकेट लिए । मालिक १३ रनमा आउट हुँदा सन्दीपले यस ओभरमा ७ रन खर्चे ।

आफ्नो अन्तिम स्पेलका रुपमा १५ ओभरमा बलिङ गर्न आएका सन्दीपले दोस्रो बलमा अनमुल हकलाई ५ रनमा बोल्ड गर्दिए ।

यस ओभरमा सन्दीपले मात्र २ रन दिँदै आफ्नो स्पेश सकाए । सन्दीपले २४ बल मध्य १२ बल त डट नै गराएका थिए ।

खेलमा सन्दीपको टिम सिक्सर्सले टस हारेर पहिले ब्याटिङ गर्दै १२८ रनको लक्ष्य दिएको थियो ।

यसअघि अस्ट्रेलियामा लिग बिग ब्यास खेलिरहेका सन्दीपले मेलबर्न स्टार्सको तर्फबाट चार खेल खेल्दा ८ विकेट लिएका थिए । सन्दीपले पहिलो खेलमा सिड्नी थन्डर्सका दुई विकेट, होर्वाट हुरिकेन्सविरुद्ध दोस्रो खेलमा उनले तीन विकेट, तेस्रो खेलमा सिड्नी सिक्सर्स्िवरुद्ध दुई विकेट र चौथो खेलमा मेलबर्न रेनेगेड्सविरुद्ध एक विकेट लिएका थिए ।

जारी प्रतियोगितामा अहिलेसम्मका ८ विकेट लिएका उनी सर्वा्िधक विकेट लिने खेलाडीको तेस्रो स्थानमा छन्। उनी भन्दा अगाडि सिड्नी सिक्सरका स्टेभ ओक्याइफ १० विकेट र सिड्नी सिक्सर्सकै टोम कुरान ९ विकेट छन् ।

सन्दीपको अर्को एउटा संयोग पनि बनेको छ। सबै खेलमा पुरै ओभर बलिङ गरेका सन्दीपले चारै टिमका कप्तानलाई पेवेलियन फर्काइदिए थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७