म्यान्चेस्टर सिटीको सल्लाहकारमा नेपाली मुलका गुरुङ


२२ पुष २०७५, आईतवार
Madhav Gurung

न्यूह्यामसर । अमेरिकाको उत्तरपूर्वी राज्य न्यूह्यामसरको सबैभन्दा ठूलो नगर म्यान्चेस्टर सिटीको युथ सर्भिस बोर्ड सल्लाहकारमा नेपाली मुलका माधव गुरुङ मनोनित भएका छन् ।

Madhav Gurung

सिर्टीको मेयर जोईस क्रेगको प्रस्तावलाई नगर परिषदले पारित गरेपछि बुधबार गुरुङले सल्लाहकारमा नियुक्ति पाएका हुन । उनले नगरको प्रशासकीय अधिकृत सिटी क्लार्कबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरिसकेका छन् ।

नगर क्षेत्रमा युवा लक्षित विभिन्न कार्यक्रम सञ्चालनका लागि गुरुङले युथ सर्भिस बोर्डलाई सल्लाह दिनेछन् । उनको पदावधी १ जनवरी २०२२ सम्म रहनेछ ।

युवालाई सकारात्मक कामका लागि उत्प्रेरणा, अभिवृद्धि, लागूऔषध मुक्त समाज लगायतका युवा केन्द्रित विभिन्न क्षेत्रमा बोर्डले काम गर्दै आएको छ । इलाममा जन्मिएका गुरुङ पछिल्लो १० वर्षदेखि अमेरिकामा बस्दै आएका छन् । न्यूह्यामसर नेपाली समाजका सचिव उनी न्युह्यामसर गुरुङ समाजका महासचिव हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७