वल्र्ड कुमिते च्याम्पियनसिपमा नेपालको टिम


२२ पुष २०७५, आईतवार
karate team

काठमाडौं, पौष २२ । भारतीय मार्शलआर्ट संस्थानको आयोजनामा भारतको जयपुरमा हुने वल्र्ड कुमिते च्याम्पियनसिपमा सशस्त्र प्रहरी बलको टिमले सहभागीता जनाउने भएको छ ।

karate team


भारतमा १० देखि १३ जनवरीसम्म हुने च्याम्पियनसिपमा एपीएफमा रहेको नेशनल सोतो करातेका खेलाडीले सहभागीता जनाउन लागेका हुन् । ११ खेलाडी, अफिसियल र कोचसहित १३ सदस्यीय टोलीको आइतबार एपीएफका डिआइजी सुरजकुमार श्रेष्ठले एक कार्यक्रम विच बिदाई गरे । टोली सोमबार भारत प्रस्थान गर्दै छ । सो च्याम्पियनसिपमा ४० देशको सहभागीता रहने एपीएफले जनाएको छ ।
विदाई कार्यक्रममा टोलीलाई एजिलिटी इन्टरनेशनलका डिपुटी सीईओ स्टेवार्ड चेवाङले ट्रयाकसुट प्रदान गरेका थिए । एजिलिटीले एसियाडमा सहभागी खेलाडीलाई पनि खेलकुद सामाग्री प्रायोजन गरेको थियो । गजेन्द्र साउदको नेतृत्वमा रहेको टोलीका प्रशिक्षकमा विरबहादुर रनेनी छन् । सहभागी खेलाडीहरुमा कल्पना बस्नेत, सुजन श्रेष्ठ, विरबहादुर तामाङ, रोहित बुढाथोकी, मोमद आलाम, सुवास घताने, सुशिल पौडेल, सन्तोष राई, रुपा महर्जन, मनिष चौधरी र सनी राई छन् । सो च्याम्पियनसिमा राजेन्द्र कपाली, संजय रन्जित, साइला गमाल, पदम बलामी, गणेश आर्याललगायतले रेफ्रीको भुमिका निर्वाह गर्ने छन् । विदाई कार्यक्रमममा नेशनल सोतो संघका अध्यक्ष राजेन्द्र बानिया, उपाध्यक्ष बलबहादुर कुँवर, सुरज अधिकारी, फणिन्द्र ओझालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७