प्रचण्डको स्वकीय सचिवसहित ४ माओवादी नेता काँग्रेस प्रवेश


१० मंसिर २०७४, आईतवार
prabes 2

काठमाडौं: नेकपा माओवादी केन्द्रका चार जना केन्द्रीय नेतासहित हजार बढी कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । आइतबार धनगढीमा नेपाल महिला सङ्घ क्षेत्रीय समितिद्वारा आयोजित कार्यक्रम माओवादी नेता कार्यकर्ताले पार्टी प्रवेश गरेका हुन् ।

prabes 2
पार्टी प्रवेश गर्नेमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव तथा केन्द्रीय सदस्य चेतराज भट्ट पनि रहेका छन् । साथै स्थानीय तहको निर्वाचनमा धनगढी उपमहानगरपालिकामा माओवादी केन्द्रका तर्फबाट मेयर पदमा उम्मेदवार बनेका रामसमझ राना पनि रहेको छ । त्यस्तै केन्द्रीय सदस्यहरू गङ्गा योन्जन र केशवराज जोशी रहेका छन् ।
पार्टी प्रवेश गर्नेहरुमा भट्ट डडेल्धुराका निर्वा्चित वडा अध्यक्ष पनि हुन् । त्यसै गरी धनगढी वडा नम्बर ८ का पार्टीका वडा ध्यक्ष सुग्रिब राना, ७ का लोकेन्द्र जोशी, अखिल क्रान्तिकारीका पूर्व केन्द्रीय कोषाध्यक्ष कल्पना पौडेलसहित एक हजार भन्दा बढी काँग्रेसमा प्रवेश गरेका छन् ।

prabes
पार्टी प्रवेश गर्नेहरुलाई समारोह आयोजना गरी प्रधानमन्त्री पत्नी डा.आरजु राणा देउवा, धनगढीका मेयर नृपबहादुर वड, उपमेयर सुशीला मिश्र भट्ट साथै प्रदेशसभा सदस्यका उम्मेदवारहरुको उपस्थितिमा पार्टीमा स्वागत गर्दै पार्टी सदस्यता प्रदान प्रदान गरेको छ ।
माओवादीले रानाथारु, डंगौरा थारु सहितका सिमान्तकृत समुदायमाथि माओवादीले सधैँ शोषण गरेको र पछाडि पारिएका वर्ग र समुदायको अधिकारको संरक्षण गर्न नसक्ने आरोप लगाउँदै काँग्रेसमा प्रवेश गरेका छन् । उनीहरूले त्यो समस्या काँग्रेसले मात्रै गर्न सक्ने भएको भन्दै माओवादी त्याग गरेको बताए ।

prabes 3
उनहिरुले पार्टीमा प्रवेश गर्दै सिमान्तकृत समुदायलाई लोकतन्त्र, आर्थिक समृद्धि र राजनीतिक स्थिरताका लागि काँग्रेसमा समाहित हुन आह्वान समेत गरे । गत स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिका प्रमुख पदमा उम्मेदवार दिएको रानाले १० हजार बढी मत प्राप्त गरेको थियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७