प्रावि तहको काठमाडौंको नतिजा सार्वजनिक, अन्तर्वार्ता माघ १ र ३ गते हुने (नामावलीसहित)


२३ पुष २०७५, सोमबार
teacher sewa

भक्तपुर, २३ पुस । शिक्षक सेवा आयोगले प्राथमिक तहको काठमाडौं जिल्लाको नतिजा सार्वजनिक गरेको छ । आयोगले आइतबार प्राथमिक तहको नतिजा सार्वजनिक गरेको हो । योसँगै सार्वजनिक भएसँगै अस्थायी शिक्षकको लिखित परिक्षाको सबै नतिजा सार्वजनिक भएको छ ।

आयोगले यदी नतिजामा चित्त अबुझेमा यही पुस २८ सम्म पुनपर्योगको फारम भर्न भनेको छ । उनीहरुको अन्तर्वार्ता भने माघ १ र ३ गतेका लागि तय गरिएको छ ।

केही जिल्लाको अन्तर्वार्ता समेत शुरु भइसको छ । अन्य जिल्लाहरुको निमावि र मावि तहको अन्तर्वार्ता समेत सकिएको आयोगले जनाएको छ ।

अस्थायी शिक्षकलाई आन्तरिक प्रतिस्पर्धा गराउन असार २९ र ३० गते परीक्षा लिइएको थियो ।

परीक्षामा अस्थायी दरबन्दी कायम रहेको २२ हजार ७९ पदका लागि अस्थायी शिक्षकबीच प्रतिस्पर्धा भएको थियो । शिक्षकका फरकफरक समूहले फरकफरक माग राख्दै आन्दोलन गरेकाले आयोगले पाँचौ पटकको प्रयासमा अस्थायी शिक्षकका लागि परीक्षा लिन सफलता पाएको थियो ।

यसबाहेक आयोगले खुला प्रतिस्पर्धाबाट १२ हजार ७ सय ३९ दरबन्दीमा शिक्षक नियुक्त गर्न असोज ११, १२ र १३ गते परीक्षा सञ्चालन गरेको थियो ।

लिखित नतिजा

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७