नेपाली जनसम्पर्क समिति हङकङको सभापतिमा मीन गुरुङ


२३ पुष २०७५, सोमबार
Min Gurung 1

हङकङ : नेपाली जनसम्पर्क समितिको सभापतिमा मीन गुरुङलाई सभापति चयन गरेको छ। नेपाली कांग्रेस निटक जनसम्पर्क समिति हङकङको सातौं अधिवेशनले गुरुङलाई सर्बसम्मत चयन गरेको हो ।

Min Gurung 1

समितिको उपसभापतिहरुमा पूर्व क्षेत्रबाट बिष्णु श्रेष्ठ र पश्चिम क्षेत्रबाट गोबिन राना मगर नियुक्त भएका छन्। त्यसैगरी महामन्त्री, सह महामन्त्री, कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः शैलेन्द्र बोगटी, डा. श्रद्दा खड्का, सन्तोष गुरुङ र सरुण शेरचन नियुक्त भएका छन्।

सदस्यहरुमा नवीन सुहाङ, ताहिर खान, नारद राई, डा. ईश्वर गुरुङ, देब राजन गुरुङ, दिपा गुरुङ, सिङ हाङ राई र उपेन्द्र बिक रहेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७