सिन्धुपाल्चोकको थुम्पाखर र बलेफीमा झडप, प्रहरीबाट हवाई फायर


१० मंसिर २०७४, आईतवार
हवाई फायर fir

 

काठमाडौं:  सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ ।हवाई फायर fir

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको थुम्पाखर देउराली प्राथमिक विद्यालय मतदान केन्द्रमा झडप भएको छ । झडपपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको छ ।

मतदान गर्ने विषयमा विवादपछि झडप भएको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी मोहन पोखरेलले पुष्टि गरे । यसैवीच जिल्लाको बलेफिस्थित कालीदेवी माविमा बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।त्यहाँपनि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन २ राउण्ड हवाई फायर गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७