‘समर लभ’ को ट्रेलर : रेवती र नम्रताकाे रोमान्स
काठमाडौं, पुस २३ : सुबिन भट्टराईको उपन्यास समर लबमा आधारित नेपाली कथानक चलचित्र ‘समर लब’ को ट्रेलर सार्वजनिक भएको छ। सोमबार राजधानीमा आयोजित एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो।
नाइटिङ्गल इन्टरटेन्मेन्टको ब्यानरमा तयार भएको यो चलचित्रलाई मुस्कान ढकालले निर्देशन गरेका हुन् । यो चलचित्रमा सायाको भूमिकामा नव–नायिका रेवती क्षेत्रीले अभिनय गरेकी छिन् । यस्तै, चलचित्रमा सुरजसिंह ठकुरी, नव–नायक आशिष पिया, नायिका नम्रता सापकोटाको साथमा शिशिर भण्डारी, सरोज खनाल, ओम प्रतिकको मुख्य भूमिका छ ।
सुबिन भट्टराईको कथा रहेको यस चलचित्रमा पुस्पन प्रधानले संगीत भरेका छन्। ब्यवसायिक रुपमा सफल चलचित्र नाइ नभन्नु ल ३ मा उत्कृष्ट निर्देशन गरिसकेका निर्देशक मुस्कान ढकालले चलचित्र ‘समर लब’ लाई निर्देशन गरेका हुन्।
यो चलचित्र माघको २५ गतेबाट रिलिज हुँदैछ । प्रेम दिवसको छेकोमा यो चलचित्र दर्शकका लागि एउटा उपहार हुने विश्वास निर्देशकको छ ।