४ बजेसम्म ५५ प्रतिशत मतदान


१० मंसिर २०७४, आईतवार
Nirbachan voting मतदान

काठमाडौं : प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि पहिलो चरणको निर्वाचनमा ३२ जिल्लामा भइरहेको निर्वाचनमा ४ बजेसम्म ५५प्रतिशत मतदान भएको छ ।Nirbachan voting मतदान

निर्वाचन आयोगले निर्वाचन सकिन १ घण्टा बाँकी रहँदा अहिलेसम्म औषतमा ५५ प्रतिशत मत खसेको अनुमान गरेको थियो ।
प्रतिनिधिसभा सदस्यका लागि ३७ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि ७४ निर्वाचन क्षेत्रमा चार हजार ४६५ मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान जारी रहनेछ ।
पहिलो चरणमा आइतबार प्रदेश नं. १ का सोलुखुम्बु, ओखलढुंगा, संखुवासभा, भोजपुर, ताप्लेजुङ, पााचथर र खोटाङ, प्रदेश नं. ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नंं. ४ का मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नं. ५ का रुकुम पूर्वी भाग र रोल्पा, प्रदेश नं.६ का रुकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालीकोट र डोल्पा तथा प्रदेश नं. ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी जिल्लामा मतदान कार्य जारी रहेको छ । पहिलो चरणको निर्वाचनमा कूल ३१ लाख ९१ हजार ९४५ मतदाता रहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७