ताप्लेजुङमा खुकुरी प्रहारबाट २ जना एमाले कार्यकर्ता घाइते


१० मंसिर २०७४, आईतवार
Taplejung district location

ताप्लेजुङ: ताप्लेजुङमा कांग्रेसका कार्यकर्ताको खुकुरी प्रहारबाट दुई जना एमाले कार्यकर्ता गम्भीर घाइते भएका छन् । घाइते हुनेमा याङ्वरक गाउँपालिका साविकको नाङ्खोल्याङ गाविसका १९ वर्षीय रविन सुनुवार र १८ वर्षीय अनुप खिम्दिङ रहेका छन् ।Taplejung district location

रविनको टाउको र अनुपको खुट्टामा गम्भिर चोट लागिको प्रहरीले जनाएको छ । दुवै जना घाइते नेकपा एमालेको कार्यकर्ता रहेको एमाले ताप्लेजुङका सन्तोष खतिवडाले जनाएका छन् । घटना राजनीतिक पूर्वाग्रहका आधारमा भएको खतिवडाको आरोप रहेको छ ।

उनीहरुमाथि नेपाली कांग्रेसका मनोज खिमदिङ र झरेन्द्र लिम्बुसहितको समूहले खुकुरी प्रहार गरेको खतिवडाको भनाइ छ । आफुहरु साथीकोमा गएर बिहानै घर फर्कने क्रममा आक्रमण भएको घाइतेले बताएका छन् ।

खुकुरी प्रहार गर्ने मनोजको समूह फरार रहेकाले खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङका प्रहरी निरीक्षक होमनाथ दाहालले जानकारी दिए । घाइते दुवै जनाको जिल्लामा उपचार हुन नसकेपछि जिल्ला बाहिर रेफर गरिएको जिल्ला अस्पताल, ताप्लेजुङले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७