कांग्रेस नेता गोविन्दराज जोशीको पार्टी सदस्यता खारेज


२५ पुष २०७५, बुधबार
gobindaraj UsmIYuCp9u

काठमाडौं, २५ पुस । नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री गोविन्दराज जोशीको पार्टी सदस्यता खारेज भएको छ ।

gobindaraj UsmIYuCp9u

नेपाली कांग्रेसले तनहुँमा स्थानीय, प्रदेश र संघको निवार्चनमा पार्टीका आधिकारीक उम्मेद्वारविरुद्ध विद्रोह गरी उम्मेद्वार बनेकाहरुको पार्टी सदस्यता खारेज गरेको छ । पार्टीको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ४९ (११) ख तथा नेपाली कांग्रेसको नियमावली २०६८ को नियम ४१ (१) बमोजिम विद्रोही उम्मेद्वार बनेकाहरुको सदस्यता ५ वर्षका लागि खारेज गरिएको नेपाली कांग्रेसले जनाएको छ ।

जसअनुसार गत वर्ष सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध वागी उम्मेद्वार बनेका पूर्व गृहमन्त्री गोविन्दराज जोशीसहित उनका प्रस्तावक र समर्थक हरिशरण पण्डित र रामदेव पन्त तथा समर्थकहरुको पार्टी सदस्यता खारेज भएको छ ।

कांग्रेस तनहुँका कार्यवाहक सभापति जीतप्रकाश आलेद्वारा पुस १९ मा पठाएको पत्र बमोजिम कांगेस मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा मंगलबार जारी पत्रमा पार्टीका आधिकारिक उम्मेद्वारविरुद्ध वागी उम्मेद्वार बनेका र त्यसका प्रस्तावक तथा समर्थकको पार्टी सदस्यता ५ वर्षका लागि खारेज गरिएको उल्लेख गरिएको छ ।

२०५१ सालमा तनहुँ क्षेत्र नम्बर १ मा वरिष्ठ नेता पौडेलविरुद्ध जोशीले वागी उम्मेद्वारी दिएका थिए । पौडेलले जोशीको उम्मेद्वारीविरुद्ध निर्वाचन आयोगमा उजुरी दिएका थिए । पौडेलले दिएको उजुरीका आधारमा निर्वाचन आयोगले जोशीको उम्मेद्वारी रद्द गरेको थियो ।

तर, पौडेल तत्कालीन एमालेका किसानकुरमा श्रेष्ठसँग ६ हजार ४१४ मतान्तरले पराजित भएका थिए । जोशीसँगको कटुतापूर्ण सम्बन्धले पौडेलको राजनीतिक छविलाई क्षयीकरण गरिएको चर्चा चलेको थिए । पहिले पनि पौडेलकै जोडबलमा जोशीको पार्टी सदस्यता खारेज गरिएको देखिन्छ । अहिले पौडेल र देउवाबीचको मिलापको शिकार जोशी बनेका छन् ।

letter

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७