पहिलो चरणको चुनावमा ६५ प्रतिशत मत खस्यो


१० मंसिर २०७४, आईतवार
Nirbachan voting मतदान

काठमाडौं: पहिलो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६५ प्रतिशत मत खसेको निर्वाचन आयोगले दिएको छ । निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले पत्रकार सम्मेलन गरेर ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा ६५ प्रतिशत मत खसेको जानकारी दिएका छन् ।Nirbachan voting मतदान
‘सबैजसो मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ’, यादवले भने, ‘उत्साहपूर्ण वातावरणमा मतदान भइसकेकाले अब मतपेटिका सदरमुकाम ल्याउने क्रम सुरु गरिएको छ ।’ प्रमुख यादवले दोस्रो चरणको मतदानपछि मतगणना हुने जानकारी पनि दिएका छन् ।
मतदान सम्पन्न भएका उच्च पहाडी र हिमाली ३२ जिल्लामध्ये बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मत खसेको आयुक्त यादवले जानकारी दिएका छन् । प्राकृतिक कारणले स्थानीय तहको भन्दा कम मत खसेको अनुमान उनले गरेका छन् ।
निर्वाचन आयोगले मतपत्रले भरिएका अधिकांश स्थानका मतपेटिका आइतबार नै जिल्ला सदरमुकाम ल्याइने बताएको छ । उच्च हिमाली र विकट क्षेत्रका मतपेटिका सोमबार हेलिकोप्टरबाट सदरमुकाम ल्याइने छ ।
पहिलो चरणमा निर्धारण गरिएका ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुर्इ मतदान केन्द्रको मतदान सरेको छ । रूकुमको बाफीकोटको काडास्थित रत्न माविको ‘क’ केन्द्र र रूकुमकै आठवीसकोट ११ गत्तसैनास्थित नेपाल राष्ट्रिय माविको ‘ख’ केन्द्रको मतदान पुनः हुनेछ । रत्न मावि केन्द्रमा प्रतिनिधिसभा प्रत्यक्षतर्फको र नेपाल राष्ट्रिय माविको केन्द्रमा समानुपातिकतर्फको मतदान पुनः हुनेभएको हो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७