माघे संक्रान्तिमा सार्वजनिक विदा


२५ पुष २०७५, बुधबार
Sarbajanik bida

काठमाडौं, २५ पुस । फलाहार खाएर माघ १ गतेका दिन मनाइने माघे संक्रान्ति पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिने भएको छ ।

Sarbajanik bida

गण्डकी प्रदेशको बुधबारको मन्त्रीपरिषद् बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले त्यस दिन विदा दिन गरेको प्रस्ताव बैठकले स्वीकृत गर्दै विदा दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले जानकारी दिएका छन् ।

pradesh 4

मन्त्री बस्नेतले प्रदेश सरकारले वर्षमा ६ दिन बिदा दिन पाउने जानकारी दिंदै प्रदेशमा रहेका जातजातिका प्रमुख चार्डपर्वलाई लक्षित गर्दै महत्वपूर्ण अन्य पर्वमा समेत विदा दिने जानकारी दिए ।

यसअघि गुरुङ जातिको मुख्य पर्व तमु ल्होसारको अवसरमा १५ पुसमा समेत प्रदेश सरकारले बिदा दिने निर्णय गरेको थियो । त्यस दिन प्रदेश मातहतका सबै कार्यालयहरु बन्द रहे पनि संघ सरकार अन्र्तगतका सरकारी कार्यालयहरु भने खुलेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७