राज्यमन्त्रीको रामकहानी


२५ पुष २०७५, बुधबार
Pm office CXcazAsok9 1

काठमाडौं, २५ पुस । कीर्तिनिधि विष्टले आफू प्रधानमन्त्री हुँदा ५ राज्यमन्त्री र ९ सहायक राज्यमन्त्री बनाएका थिए । सूर्यबहादुर थापाको मन्त्रिपरिषद्मा ७ मन्त्री, ६ राज्य र १४ सहायकमन्त्री बनाइए ।

Pm office CXcazAsok9 1

दोस्रो पटक उनै प्रधानमन्त्री हुँदा ६ राज्य र १२ सहायकमन्त्री तोकिए । मरिचमान सिंहले ६ राज्य र ९ लाई सहायकमन्त्री बनाए । ०४८ सालमा गिरिजाप्रसाद कोइरालाले ७ राज्य र ७ सहायकमन्त्री बनाएका थिए । यस्तै, ०५१ मा मनमोहन अधिकारीले ६ लाई राज्यमन्त्री बनाएको भेटिन्छ ।

०५२ मा देउवाको सरकार हुँदा १६ राज्य र ८ सहायकमन्त्री बने । ०५४ मा सूर्यबहादुर थापाको सरकार बन्दा १५ राज्य र ८ सहायकमन्त्री थिए । यस्तै, ५५ मा गिरिजाले ४ राज्य र ७ सहायक राज्यमन्त्री बनाए । कृष्णप्रसाद भट्टराईको ३२ सदस्यीय मन्त्रिपरिषद् बन्यो जहाँ ८ ले राज्य र ५ ले सहायकमन्त्री बन्ने मौका पाए । ०५६ मा गिरिजा नै दोहोरिए ।

१४ राज्य र ५ सहायक मन्त्रीसहित ३७ सदस्यीय मन्त्रिमण्डल बनाए । ०५८ मा देउवाले १६ राज्य र ७ सहायकमन्त्री बनाएको भेटिन्छ भने ०६३ मा गिरिजाले १० मन्त्री र ७ राज्यमन्त्री बनाएका थिए । माधवकुमार नेपालको सरकारमा २६ मन्त्री, १४ राज्य र २ सहायकमन्त्री बने । झलनाथ खनालसँग १० राज्यमन्त्री थिए । बाबुराम भट्टराईको सरकारमा २२ राज्यमन्त्री बनाइए ।

सुशील कोइरालाको मन्त्रिपरिषद् २ राज्यमन्त्रीसहित २४ सदस्यीय मन्त्रिमण्डल थियो । यस्तै, केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा २७ मन्त्री, १० राज्य र २ सहायक मन्त्री बनाइएको थियो । प्रचण्ड दोस्रो पटक दोहोरिंदा ३१ मन्त्री, १८ राज्यमन्त्री पुगे । देउवा प्रधानमन्त्री हुँदा २३ राज्यमन्त्रीसहित मन्त्रिमण्डल ५३ सदस्यको बन्यो । त्यहीबेला हो राज्यमन्त्रीहरूले बस्ने ठाउँ नभएर सहसचिवहरूलाई लखेटी कोठा कब्जा जमाएको खबर जनअस्था साप्ताहिकले छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७