गोर्खा ट्रैलब्लेजरमा सहभागी हुन सिर्जना हङकङ जाँदै


२५ पुष २०७५, बुधबार
8

काठमाडौं,पुस २५ । गोर्खा ट्रैलब्लेजर – २०१९ मा सहभागी हुन नेपाली अल्ट्रा धाविका सिर्जना राई बिहीबार हङकङ जाँदैछिन् ।

गोर्खा सेमेस्ट्री ट्रष्ट हङकङको आयोजनामा जनवरी १२ तारिखमा हुने ट्रेलमा १२ र २६ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । संखुवासभाकी सिर्जनाले २६ किलोमिटरको स्पर्धामा भाग लिने छन् । सिर्जना अन्नपूर्ण ट्रेल (५० किलोमिटर) र पोखरा ट्रेल (५५ किलोमिटर) की विजेता हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठानका उप निर्देशक महेन्द्रकुमार राई पनि अफिसियलका रुपमा सिर्जनासंगै हङकङ जाँदैछन् । टोलीलाई राखेपका सदस्य–सचिव केशवकुमार विष्टले बुधबार सातदोबाटोमा एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७