आठ बाल विवाह रोकियो


२६ पुष २०७५, बिहीबार
bal bihe

दुल्लु, २६ पुस । दैलेखको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीमा आठ बालविवाह रोकिएका छन् । वडा कार्यालय र गैर सरकारी संस्थाको सक्रियतामा पछिल्लो एक महीनामा आठ बाल विवाह रोकिएको हो ।

bal bihe

वडाध्यक्ष राजुकुमार खत्रीका अनुसार यही पुस महिनामा मात्रै उमेर नपुग्दै गर्न लागिएका आठ बाल विवाह रोकिएका हुन् । भोजसहित विवाह गर्न तयार रहेका जोडीका अभिभावकलाई वडा कार्यालयमा बोलाएर छलफलपछि विवाह रोकाइएको थियो ।

गत दुई वर्षको अवधिमा बालविवाह गर्नेको संख्यामा कमी आए पनि पछिल्लो समय बाल विवाह गर्नेको संख्या बढेकाले वडा कार्यालय र त्यहाँ कार्यरत गैससले सक्रियता देखाएका हुन् ।

वडामा रहेको स्वास्थ्य चौकी र महिला सशक्तिकरण मञ्च दैलेख शाखा पनि बालविवाह रोक्न जुटेको छ । बालविवाह हुने तयारीबारे जानकारी हुने बित्तिकै केटा र केटी पक्षका अभिभावकलाई वडामा बोलाएर बाल विवाहबाट हुने असर, बाल विवाहबारे कानूनी प्रावधानबारे जानकारी गराएर दुवै पक्षको सहमतिमा विवाह रोकाइएको थियो ।

केटा र केटी दुवै पक्षले उमेर पुगेपछि मात्रै विवाह गर्ने प्रतिबद्धता गर्ने गरेका छन् भने उमेर नपुग्दै विवाह गरेमा उनीहरुका अभिभावकलाई नै कारबाही गरिने वडाध्यक्ष खत्रीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७