कपाल मुण्डन गरेर सांसद उषाकला राई बसिन् आमाको किरियापुत्री


२६ पुष २०७५, बिहीबार
Usha Kala Rai

काठमाडौं, २६ पुस : प्रदेशसभा सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेतृ उषाकला राईले कपाल मुण्डन गरेर आफ्नी आमाको किरियापुत्री बसेकी छिन् । सांसद राईकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा उपचारको क्रममा राजधानीको एक अस्पतालमा निधन भएको हो ।

Usha Kala Rai

परम्पराअनुसार दिवंगत आमाबुवाको काजकिरिया छोराले गर्ने प्रचलन छ । सांसद राई पुरानो मान्यता तोडेर किरिया बसेकी हुन् । सांसद राईका दाजुभाइ छैनन् । उषाका श्रीमान एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले उषाको कामलाई महान् भनेका छन् । सामाजिक सञ्जालमा तस्बिर हाल्दै लेखेका छन्, ‘साँच्चै महान् हुनुहुन्छ ।’

महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यवहारिक हिसाबले अन्त्य गर्न तपाईंहरू जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्ने उनले लेखेका छन् ।

Usha Kala Rai

तामाङले फेसबुकमा लेखेका छन्, ‘उषाजी तपाईं साच्चै महान् हुनुहुन्छ । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनि व्यवहारिक हिसाबले अन्त्य गर्न तपाईंहरू जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रति सम्मान र समर्थन छ ।’

सांसद राई अब ५ दिनसम्म काठमाडौंमा क्रियापुत्री बस्ने र खोटाङ जन्मघर जाने भएकी छिन् । सांसद राई लैंगिक हिसाबले गरिएको विभेदको संवैधानिक र कानुनी हिसाब अन्त्य गर्नका लागि लामो समयदेखि लड्दै आएकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७