मतपेटिका ल्याउँदै गरेको टोलीलाई लक्षित गरी बम विस्फोट


१० मंसिर २०७४, आईतवार
bomb1

त्रिशूली नुवाकोट: मतदान सम्पन्नपछि मतपेटिका लिएर सदरमुकाम विदुर आउँदै गरेको टोलीलाई लक्षित गरी आज साँझ बम विस्फोट भएको छ।bomb1

विदुर नगरपालिका–७ तुप्चेको चण्डेश्वरी मतदानस्थलको मतपेटिका लिएर आउँदै गर्दा विदुर नपा वडा नंं ७ र ९ को सिमानामा रहेको अधेरीखोलामा बम विस्फोट गराइएको हो। मतपेटिका लिएर दलका प्रतिनिधि तथा सुरक्षाकर्मीहरु सदरमुकाम विदुरतर्फ आइरहेका बेला ठूलो आवाजमा वम विस्फोट भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ।

बम विस्फोट भए पनि कुनै मानवीय र भौतिक क्षति नभएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। कुन प्रकृतिको काम हो अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७