आन्तरिक हवाई भाडा घट्ने


२६ पुष २०७५, बिहीबार
China Nepal Plane foto

काठमाडौं, पुस २६ । नेपाल आयल निगमले आन्तरिक हवाई उडानका प्रयोग हुने इन्धनको मूल्य घटाएपछि देशभरको हवाई भाडा पनि घट्ने भएको छ। इन्धनको मूल्यमा एक रुपैयाँ तलमाथि हुँदा भाडा पनि घटबढ हुने व्यवस्थाअनुसार भाडा घट्ने भएको छ।

उडानमा भाडा र इन्धन शुल्कको नामा छुट्टै शिर्षक हुन्छ जहाँ यात्रुले भने एउटै शिर्षक भाडाको रुपमा तिर्छन्। इन्धनको मूल्य घटेपछि इन्धन शुल्क शिर्षकको मूल्य घट्ने भएको हो।

यसका लागि भाडा र इन्धन शुल्कको भार तय गरिएको हुन्छ जसलाई भाडा निर्धारण सुत्र भनिन्छ।

वायु सेवा संचालक समितिले इन्धनको मूल्य घटेपछि भाडा पनि घटाउने भएको हो। घटेको मूल्य लागू भएपछि संघको बैठक बसेर भाडाको बारेमा निर्णय गरिने संघका अध्यक्ष पवित्राकुमार कार्कीले जानकारी दिए।

‘भाडा घटेको प्रभावकारी भएपछि हामी बैठक बसेर निर्धारित सुत्रअनुसार नयाँ भाडा समायोजन हुन्छ जसको जानकारी नागरिक उड्डयन प्राधिकरण हुँदै मन्त्रालयलाई दिएपछि भाडा लागू हुन्छ’ उनले भने।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७