साधारणसभाबाट एनएमबि बैंकको ३० प्रतिशत लाभांश पारित


२६ पुष २०७५, बिहीबार
1547120727nmbagm 1

काठमाडौं, पुस २६ । एनएमबि बैंकले २३ औँ वार्षिक साधारण सभामार्फत गत आवको नाफाबाट घोषित लाभांश पारित गरेको छ। बिहीबार आर्मी अफिसर्स क्लब, भद्रकालीमा पवनकुमार गोल्याणको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो।

साधारण सभाले एनएमबि बैंकको गत आवको वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको छ।

बैंकको उपरोक्त वोनस शेयर पश्चात चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख पुग्नेछ। हाल बैंकले ११० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७