वाइडबडी किन्न २१ बैठक : कसको भूमिका के ?


२७ पुष २०७५, शुक्रबार
Nepal Airline second wide Boady Air d4cXoZhXSw 1

काठमाडौं, २७ पुस । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष दिनेश थपलियाको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक वाइडबडी र न्यारोबडी विमान खरिद गर्न अध्ययन गराई विभिन्न विकल्पसहित तीन महिनाभित्र प्रतिवेदन पेस गर्न महाप्रबन्धक कंसाकारलाई जिम्मेवारी ।

Nepal Airline second wide Boady Air d4cXoZhXSw 1

२ वैशाख ०७३ साँझ ५:१५

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक स् सञ्चालक समिति सदस्य सूर्यप्रसाद आचार्यको संयोजकत्वमा वाइडबडी खरिद उपसमिति गठन ।

५ असोज ०७३ साँझ ५:१५

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकस् वाइडबडी विमान खरिद सम्बन्धमा निगम व्यवस्थापनबाट पेस भएको प्रस्तावलाई अन्तिम रूप दिँदै खरिदका लागि बोलपत्रको ढाँचा तयार पार्न व्यवस्थापनलाई निर्देशन ।

७ असोज ०७३ बिहान ७:३०

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक स् रोल्स रोयस इन्जिन जडान भएको दुई वाइडबडी एयरबस किन्न ४५ दिनको म्याद दिएर बोलपत्र आह्वान गर्ने निर्णय । निगमसँग दुईवटा न्यारोबडी भएकाले वाइडबडी पनि एयरबस नै किन्ने प्रस्टीकरण । बोलपत्रमा एक सयदेखि एक हजार घन्टासम्म उडेका जहाज किन्ने सर्त उल्लेख गर्ने निर्णय ।

१७ असोज ०७३ साँझ ४:४५

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक ः निगमलाई वाइडबडी आपूर्ति गर्न प्राप्त १० प्रस्ताव अध्ययन गरी प्रभावग्राही भए–नभएको यकिन गरी अर्को बैठकमा पेस गर्न व्यवस्थापनलाई निर्देशन ।

१ माघ ०७३ साँझ ५:३०

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक स् १० मध्ये चार प्रस्ताव प्रभावग्राही नभएको निष्कर्ष, बाँकी ६ मध्ये पनि तेस्रो सूर्य एयर सपोर्टले ११ करोड ५३ लाख डलर, दोस्रो सिनर्जी एयर स्पेसले ११ करोड ३२ लाख डलर र पहिलो एएआर कर्पोरेसनले १० करोड ९२ लाख डलर कबोल गरेकाले न्यूनतम प्रस्ताव स्वीकृत गर्ने निर्णय ।

२ माघ ०७३

निगम सञ्चालक समितिको अघिल्लो दिनको निर्णयअनुसार एएआर कर्पोरेसनसँग जहाज किन्न आशयपत्र जारी ग(यो । समझदारी (एमओयू) गर्दा बैना पठाउने प्रतिबद्धतासहित मस्यौदा तयार ।

३ माघ ०७३ बिहान ७:००

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक स् एएआरसँग एमओयू गर्न निगम व्यवस्थापनले अघिल्लो दिन तयार पारेको मस्यौदामाथि अध्ययन गरी आवश्यक परिमार्जन गर्न सञ्चालक समिति सदस्य शिशिर ढुंगानाको संयोजकत्वमा उपसमिति गठन ।

९ माघ ०७३

संयोजक ढुंगानाको अध्यक्षतामा उपसमितिको बैठक स् एमओयूको मस्यौदामा सामान्य परिमार्जनसहित पारित । बिक्रेताबाट बैंक ग्यारेन्टी आएपछि बैना रकम पठाउन स्वीकृति ।

१७ माघ ०७३ साँझ ५:१५

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक स् दुईवटा वाइडबडी एयरबस खरिद गर्ने सम्बन्धमा सञ्चालक समितिबाट गठित उपसमितिको प्रतिवेदनका आधारमा एएआर कर्पोरेसनसँग १४ माघमा भएको एमओयू अनुमोदन । अनुसार बैनाबापत १० लाख अमेरिकी डलर पठाउन निगम व्यवस्थापनलाई अनुमति दिने निर्णय ।

२६ फागुन ०७३ बिहान ८:००

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक स् एएआर कर्पोरेसनबाट प्राप्त खरिद तथा बिक्री सम्झौता (एसपिए)को मस्यौदामाथि वार्ता गर्न बुद्धिसागर लामिछानेको संयोजकत्वमा उपसमिति गठन ।

२२ चैत ०७३ बिहान ८स्००

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकस् विमान खरिद गर्न कर्मचारी सञ्चय कोषसँग ऋण लिने निर्णय । सञ्चय कोषसँग वार्ता गर्न व्यवस्थापनलाई निर्देशन ।

२५ चैत ०७३ बिहान ८:००

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकस्खरिद तथा बिक्री सम्झौतामा हस्ताक्षर गर्न निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निर्देशन । किन्न खोजेको जहाजको फिचरमा केही फरक परी निर्णय गर्नुपर्ने भएमा सञ्चालक समितिको स्वीकृति लिन व्यवस्थापनलाई निर्देशन ।

२९ चैत ०७३ साँझ ५:१५

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक स् दुई वाइडबडी खरिद गर्न आवश्यक २५ अर्ब रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिने र नेपाल सरकार जमानत बस्न मन्त्रिपरिषद्को निर्णयका लागि पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गर्ने निर्णय ।

१२ वैशाख ०७४ साँझ ५:१५

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक स् विमान खरिदका लागि नेपाल सरकार जमानी बस्न मन्त्रिपरिषद्ले ५ वैशाखमा गरेको निर्णयअनुसार सञ्चय कोष र लगानी कोषबाट बढीमा १२–१२ अर्ब ऋण लिन व्यवस्थापनलाई निर्देशन दिने निर्णय ।

२२ वैशाख ०७४ साँझ ५:१५

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठकस्अर्थ मन्त्रालयले तोकेको सर्तमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिने ऋणसम्बन्धी कागजपत्रमा हस्ताक्षर गर्न महाप्रबन्धक सुगतरत्न कंसाकारलाई निर्देशन ।

२१ जेठ ०७४ बिहान ८:००

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक स् विमान खरिद प्रक्रियाबारे सञ्चय कोषले उठाएका जिज्ञासाको सम्बन्धमा उचित जवाफ दिन व्यवस्थापनलाई निर्देशन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७