पहिलाे निर्वाचनमा ६५ प्रतिशत मतदान, कहाँ कति खस्याे ? (सूचीसहित)


११ मंसिर २०७४, सोमबार
Nirbachan voting मतदान

काठमाडौं :  पहिलो चरणमा आज भएको प्रतिनिधिसभा प्रदेशसभा निर्वाचनमा औषत ६५ प्रतिशत मतदान भएको छ । निर्वाचन आयोगका अनुसार पहिलो चरणमा भएको निर्वाचनमा मुलुकभर ६५ प्रतिशत मत खसेको छ । बाजुरामा सबैभन्दा बढी ८० प्रतिशत मतदाताले मतदान गरेको आयोगले जनाएको छ ।

मुलुकभरबाट मतदानको विस्तृत विवरण आउने क्रम जारी रहेको छ । उच्च पहाडी र हिमाली ३२ जिल्लामा आज पहिलो चरणको निर्वाचन भएको हो भने बाँकी ४५ जिल्लामा मंसिर २१ गते निर्वाचन हुँदैछ ।

सबभन्दा बढी बाजुरामा ८० प्रतिशत मतदान भएको छ । भने राेल्पामा कम ५५ प्रतिशत मतदान भएकाे छ ।  पहिलो चरणमा प्रत्यक्ष निर्वाचन प्रणाली प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ सिटका लागि मतदान भएको छ । हिमाली र उच्च पहाडी ३२ जिल्लामा समानुपातिकतर्फको मतदानपनि सँगै भएको छ । प्रत्यक्षतर्फ दुवै सभाको गरेर ७ सय २ जना उम्मेदवार छन् ।

४ हजार ४ सय ६५ मतदान केन्द्रमध्ये दुइटा केन्द्रको मतदानमात्र स्थगित भएको आयोगले जनाएको छ । रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नम्बर ५ को रत्न मावि ‘क’ र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नम्बर ११ स्थित राष्ट्रिय मावि गत्तसैना ‘ख’ मतदान केन्द्रको मतदान दलहरूबीचको विवादले स्थगित भएको हो । ती दुवै स्थानमा मतपेटिकामा आगो लगाइएपछि मतदान रोकिएको थियो । उम्मेदवारका प्रतिनिधिले मतपेटिकामा एसिड हालेका थिए । सुरक्षा निकायले प्रतिनिधिको चेकजाँचमा गरेको गल्तीका कारण उक्त घटना भएको हो ।

पहिलो चरणको निर्वाचनमा जस्तै दोस्रो चरणको निर्वाचनलाई सफल पार्नका लागि पनि नेपाल सरकार, राजनीतिक दल, उम्मेदवार, मतदाता, सुरक्षा निकाय, मित्र राष्ट्रलगायत सम्बद्ध सबैसँग सकारात्मक सहयोगका लागि आयोगले आग्रह पनि गरेको छ ।

कुन जिल्ला कति प्रतिशत मतदान ?

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७