पिकनिकमा बोलाएर दुई किशोरीमाथि प्रेमीहरुबाटै बलात्कार


२७ पुष २०७५, शुक्रबार
rape 2

काठमाडौं, २७ पुस । पिकनिक रमाइलाको एक माध्यम हो । आफ्ना साथीभाइबीच पिकनिकमा रमाउनुको मज्जा नै बेग्लै हुन्छ । तर, दुई किशोरी पिकनिक खान जाँदा आफ्नै प्रेमीबाट बलात्कृत भएका छन् ।

rape 2

आफ्ना केटा साथीले पिकनिक खानका लागि बोलाएर भारतको राँचीका दुई किशोरीलाई सात दिनसम्म बन्धक बनाएर बलात्कार गरेका छन् । एक १६ वर्षीया किशोरीलाई उनको प्रेमी भनिएका बादलले पिकनिकका लागि बोलाएका थिए ।

ती किशोरीले अर्की १३ वर्षीया साथीलाई समेत लिएर पिकनिक खान गएकी थिइन् । ती किशोरीहरु १६ वर्षीया किशोरीका कथित प्रेमी भनिएका बादककोमा पुगेपछि बादलले आफ्नो साथी बनिषलाई फोन गरी बोलाएर कोठामा लगेर बलात्कार गरेको हिन्दूस्तान टाइम्सले जनाएको छ । उनीहरुले दुई किशोरीलाई बलात्कारपछि सात दिनसम्म कोठामै थुनेको जनाइएको छ ।

बालिकाहरु एक साताको बन्दीपछि जब उनीहरुको कञ्जाबाट मुक्त भए त्यसपछि परिवारको सहयोगमा प्रहरीमा उजुरी दिएको जनाइएको छ । स्थानीय प्रहरी अधिकारी प्रभारी कपुरका अनुसार ती १६ र १३ वर्षका किशोरीले परिवारको सहयोगमा प्रहरीमा उजुरी दिएका हुन् । प्रहरीका अनुसार १६ वर्षीया किशोरीलाई बेचविखनको उद्देश्यले नै बोलाएको हुनसक्ने जनाइएको छ । ती किशोरी आफ्ना प्रेमीले पिकनिक खान बोलाएपछि राँची गएका थिए ।

प्रहरी अधिकारी सुजाता कुमारीले पनि किशोरीहरुमाथि बलात्कार भएको पुष्टि दिएकी छन् । प्रहरीले नाबालिक बालिकामाथिको यौन दुव्र्यहारको वयान रेकर्ड गर्नुका साथ कार्वाहीको प्रक्रिया अगाडि बढाएको छ । तर, अहिलेसम्म बलात्कारी पक्राउ परेका छैनन् । हिन्दूस्तान टाइम्स

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७