राष्ट्रपतिद्वारा राष्ट्र निर्माताप्रति श्रद्धाञ्जली अर्पण (तस्विरहरुसहित)


२७ पुष २०७५, शुक्रबार
1 3

काठमाडौं, २७ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।

1 3
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि नेपाली सेनाको सलामी ग्रहण गर्दै । तस्बिर : रासस

राष्ट्रपति भण्डारीले २९७ औं पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उनको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरेकी छन् ।

सो अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् बताउँछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले पनि उनीप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

श्रद्धाञ्जली व्यक्त गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीलगायत विभिन्न राजनीतिक दलका नेता, साहित्यकार, कलाकार एवं समाजका विभिन्न क्षेत्रका महानुभाव सिंहदरबारको पश्चिम मूलद्वार अगाडि पुगेका थिए ।

यसअघि ठकुरी सेवा समाज, गे्रेटर नेपाल, गुन्यूचोलो राष्ट्रिय सचेतना अभियान नेपाललगायतका सङ्घसंस्थाको बाजागाजासहितको र्‍यालीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेको थियो । र्‍यालीमा सहभागीले राष्ट्रिय स्वाभिमानको रक्षा गरौं तथा पुस २७ गतेलाई राष्ट्रिय एकता दिवसका रुपमा घोषणा होस् भन्ने प्लेकार्ड बोकेका थिए ।

2 3
२९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम द्वार अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक परिसरमा सहभागी विभिन्न संघ संस्थाका प्रतिनिधि तथा शुभेच्छुक । तस्बिर : रासस

3 2
२९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार सिंहदरबारको पश्चिम द्वार अगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर फर्कदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा । तस्बिर : रासस

4 2
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम गेटमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक अगाडि नेपाली सेनाको सलामी ग्रहण गर्दै । तस्बिर : रासस

5 1
राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबारको पश्चिम द्वार अगाडि रहेको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्दै । तस्बिर : रासस

6 1
२९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार प्रज्ञा भवनबाट शुरु भएको र्‍याली सिंहदरबारको पश्चिम गेट अगाडि रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकतर्फ बढ्दै । तस्बिर : रासस

7
९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार प्रज्ञा भवनबाट शुरु भएको र्‍यालीमा सहभागी हुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालगायत । तस्बिर : रासस

8 2
काठमाडौँको प्रज्ञा भवन, कमलादीमा २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस र्‍यालीकाे शुभारम्भ गर्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटालगायत सहभागी । तस्बिर : रासस

9 1
शुक्रबार २९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रज्ञा भवनबाट सुरु भएको र्‍यालीमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको तस्वीर बग्गीमा राखेर सिंहदरबारतर्फ अगाडि बढ्दै । तस्बिर : रासस

10
२९७ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा शुक्रबार प्रज्ञा भवन, कमलादीमा आयोजित कार्यक्रममा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल , सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा लगायत । तस्बिर : रासस









प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७