शनिवार पनि राजस्व कार्यालय र बैंकहरु खुल्ने


२७ पुष २०७५, शुक्रबार

काठमाडौँ, २७ पुस । अर्थ मन्त्रालयले राजस्व कार्यालयहरू शनिवार पनि खुलाउने भएको छ ।

artha mantralaya pngDyPEgDg
फाइल तस्बिर

अर्थ मन्त्रालयले शुक्रवार जारी गरेको एक सूचना अनुसार भोलि शनिवार पनि आन्तरिक राजस्व विभाग अन्तर्गतका सम्पूर्ण कार्यालयहरू खुल्ने छन् । राजस्व सङ्कलन अनुमति पाएका बैङ्कका शाखा कार्यालय साथै काउन्टहरु खुला हुने छ । कार्यालयसँगै अन्य बैंकहरु पनि खुल्ने सूचनामा उल्लेख गरिएको छ ।

अर्थ मन्त्रालयले राजस्व कार्यालय र बैंकहरु अन्य दिनहरूमा धेरै भिड हुने गरेकाले शनिवार करदाताहरूलाई विवरण तथा राजस्व दाखिला गर्न सुविधाको लागि खुलाइएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७