कुन जिल्लामा सबैभन्दा धेरै खस्यो ? यी हुन् पुनः मतदान हुने दुई स्थान


११ मंसिर २०७४, सोमबार
top leaders nepal voting

काठमाडौं: तिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणमा आइतबार ३२ जिल्लामा भएको मतदान छिटफुट घटना बाहेक शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएको छ ।top leaders nepal voting

निर्वाचन आयोगले मतदाताको व्यापक सहभागितामा उत्साजनक मतदान भएको जनाएको छ । मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक दुवै सभाको पहिलो चरणको निर्वाचन भएको हो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले ६५ प्रतिशतभन्दा बढी मतदान भएको जानकारी दिए । उक्त आँकडा प्रारम्भिकमात्रै रहेकाले अझ बढ्न सक्ने अनुमान गरिएको छ ।

मतदान सम्पन्न भएसँगै पत्रकार सम्मेलन गरेर यादवले निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिताले मुलुकमा राजनीतिक स्थायित्व दिन जनता प्रतिवद्ध देखिएको बताए । उनले निर्वाचनले संविधान कार्यान्वयन र संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने विश्वास व्यक्त गरे । सबभन्दा बढी बाजुरामा ८० प्रतिशत मतदान भएको छ ।, यो समचार आजको कान्तिपुरमा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७