एमबीबीएस अध्ययन गर्न बङ्गलादेश पुगेकाहरू ठगिए


११ मंसिर २०७४, सोमबार
doctor

काठमाडौ: एमबीबीएस अध्ययनका लागि बङ्गलादेश पुगेका थुप्रै विद्यार्थी ठगिने गरेका छन्। बङ्गलादेश पुगेर ठगिने मात्र होइन, नेपालमै शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी)बाट ठगिने गरेका छन्।doctor

नेपाल मेडिकल काउन्सिलका अनुसार सयौँ विद्यार्थी बङ्गलादेशमा गएर ठगिएका छन्। नेपाली कन्सल्टेन्सीहरूले बङ्गलादेश पठाएबापत प्रतिविद्यार्थी तीनदेखि पाँचलाख रुपियाँसम्म लिने गरेका छन्। नेपाल मेडिकल काउन्सिलका अध्यक्ष धर्मकान्त बाँस्कोटाले एमबीबीएस अध्ययनका लागि भरसक बङ्गलादेश नजान र जाँदा राम्रोसँग बुझेर मात्र जान आग्रह गरे। उनले भने, “ठगिने नेपाली विद्यार्थीको लामो सूची प्राप्त भएको छ। ” नेपाली विद्यार्थी बङ्गलादेश गएर मेडिकल कलेजमा अध्ययन गरेको एकरदुई वर्षमा पनि ठगिने गरेका छन्।

काउन्सिलका अनुसार बङ्गलादेशमा विदेशी विद्यार्थीहरूका लागि ३० प्रतिशतमात्र सिट छुट्याइएको हुन्छ। कुनै कुनै कलेजमा विदेशी विद्यार्थीका लागि ३० जना कोटा भए पनि ५० जना नेपाली विद्यार्थीलाई भर्ना गरिएको पाइएको छ।भारत, बर्मा लगायतका देशबाट समेत बङ्गलादेशमा एमबीबीएस अध्ययन गर्न जाने विद्यार्थीको सङ्ख्या धेरै हुने भएकोले नेपालबाट जाने विद्यार्थीले एमबीबीएस अध्ययनका लागि अवसर नपाउने प्रस्ट्याए।

बङ्गलादेशका मेडिकल कलेजहरूले पनि नेपाली कन्सल्टेन्सीलाई जति पनि विद्यार्थी पठाउन भनेकोले कलेज र कन्सल्टेन्सी मार्फत नेपालीहरू ठगिँदै आएको काउन्सिलको दाबी छ। उनले भने, “जथाभावी कमिसन खाएर विद्यार्थी पठाउने कन्सल्टेन्सीलाई सरकारले नियन्त्रण गर्न सक्नुपर्दछ। ”बङ्गलादेश गइसकेपछि विद्यार्थीलाई बङ्गलादेशको मेडिकल कलेजले भर्ना गरिदिन्छ। अध्ययन गर्न पनि पाएकै हुन्छन्। अध्ययनपछि परीक्षा पनि दिने गरेका छन् तर परीक्षा दिइसकेपछि नतिजा प्रकाशनका बेला नेपाली विद्यार्थीहरूको नतिजा अनुत्तीर्ण भनी उल्लेख हुने गरेको छ।

एक वर्षपछि पैसा फिर्ता माग्दा ‘तिमीहरूले भर्ना भएर अध्ययन गरिसक्यौ, अब पैसा फिर्ता हुँदैन, अर्को वर्ष मिल्यो भने पुनः अध्ययन गर्नू’ भन्ने जवाफ बङ्गलादेशको मेडिकल कलेजले दिने गरेको छ। बङ्गलादेशको नाइटेङ्गल मेडिकल कलेजमा अध्ययन गरेका १८ जना विद्यार्थी त्यसैगरी ठगिएका छन्। त्यहाँस्थित मेडिकल काउन्सिलले उक्त कलेजलाई कारबाही गरेपछि मात्र नेपाली विद्यार्थीले आफू ठगिएको पत्तो पाए। त्यसपछि दूतावास गुहार्न गएपछि दूतावासको पहलमा उक्त कलेजबाट विद्यार्थीहरूको ढाका विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजमा स्थानान्तरण भएको थियो। नेपाल मेडिकल काउन्सिलका अनुसार नाइटेङ्गल मेडिकल कलेजमा अध्ययन गरेर सबै पैसा त्यही कलेजलाई बुझाएका नेपाली विद्यार्थीले अरू कलेज छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७