कतार विश्वककै धनी देश, कुन देश कति धनी ?


२८ पुष २०७५, शनिबार
Doha Qatar 1

काठमाडौं, २८ पुस । विश्वमा सबैभन्दा धनी देश कुन होला ? सामान्यता हामी अनुमान गर्छाैं चीन, अमेरिका या युरोपियन देशहरु हुन् । तर विश्व बैकले सार्वजनिक गरेको तथ्याक अनुसार एसियाका राष्ट्रहरु सबैभन्दा धनी देखिएका छ ।

विश्व बैकले सार्वजनिक गरेको तथ्याक अनुसार प्रति व्यक्ति ११८.२९७ हजार डलरसहित एसियाका कतार देश विश्वको धनी देश बनेका छन् । भने, मकाउ दोस्रो, सिंगापुर चौथो, ब्रुनाई पाँचौ, कुवेत छैटौँ र संयुक्त अरब सातौँ स्थानमा छ ।

सबैभन्दा धनी देशको मुल्याङ्कन गर्दा एउटा बाटो अपनाउने गरिन्छ । त्यो हो त्यस देशको जिडिपी कति छ ? जिडिपी भनेको त्यस देशको घरेलु उत्पादन हाे । जसमा कुनै देशले एक वर्षमा कति सामान वा सेवा उत्पादन गर्याे भन्ने हुन्छ ।

आकारका रुपमा हेर्दा विश्व बैंकले अमेरिका वा चीन धेरै अर्थव्यवस्था भएको देश मानिन्छ । तर, देशमा उत्पादन भएको सामान वा सेवा (जिडिपी)लाई सोही देशको जनसंख्याले भाग गर्दा आउने हिसाबका आधारमा धनी देश मानिन्छ । विश्व बैंकले जारी गरेको जिडिपीका आधारमा सबैभन्दा धनी यी रहेका छन् । विश्वमा सबै धनी देश मात्रै हुँदैन ।

धेरै देश अति गरिब पनि रहेका छन् । विश्व बैंकको आँकडाअनुसार विश्वमा सबैभन्दा गरिब देश दक्षिण अफ्रिका रहेको छ । यसपछि हैँटी र होण्डुरस रहेका छन् ।

विश्वको १० धनी देश सुची प्रतिव्यक्ति आय (हजार डलरमा)

कतार ११८.०७
मकाउ ९७.७५१
लक्सजमवर्ग ९४.९२०
सिंगापुर ८१.४४३
ब्रुनेई ७१.७८८
कुवेत ६८.८६१
संयुक्त अरब ६७.१३३
नर्वे ६४.१३९
आयरल्याण्ड ६३.३०१
स्विजरल्याण्ड ५७.४२७

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७