मतदान गर्न नपाउँदा शय्यामै छट्पटी


प्रकाशित मिति : November 27, 2017

काठमाडौं: ७२ बर्षे दिकबहादुर मगर आईतबार शिक्षण अस्पतालमाको आकस्मिक उपचार कक्षमा कृत्रिम स्वास्प्रश्वास लिँदै छटपटाईरहेका थिए ।

दुई दिनअघि छोराहरुसंग मतदान गर्ने ईच्छा ब्यक्त गरेका मगरको एक्कासि हातखुट्टा चल्न छोडेपछि मतदान गर्ने धोको अधुरै रह्यो । गाउँलेहरु पंक्तिबद्ध भई मतदान गरिरहेका बेला दोलखा मेलुङका दिकबहादुरसंगै तीन छोरा र नाति अस्प्तालको शय्यामा टोलाईरहेका थिए ।

उनी बिरामी हुँदा तीन पुस्ताले मतदान गर्न पाएनन् । मतदानको दिन बिरामी कुरुवाले रेडियोमा समाचार सुनेरै चित्त बुझाए ।, यो समचारआजको अन्नपुर्ण पोष्टमा छ ।

प्रतिक्रिया दिनुहोस्