अप्राकृतिक ‘मैथुन’ ले जीवन चलाउनेहरुको कथा


२८ पुष २०७५, शनिबार
sex 1

काठमाडौं, २८ पुस । उनको खास नाम अर्कै छ । तर, काठमाडौं ठमेल आसपास र ग्राहकलाई उनले सम्झना परिचय दिने गर्छिन् । युवती जस्तै सुन्दर देखिने र यौन व्यवसायलाई आम्दानीको स्रोत बनाएका छन् । उनको काम प्राकृतिक सेक्स होइन, अप्राकृतिक सेक्सको सेवा दिनु हो ।

sex 1

‘सँधै गाँठवाला ग्राहक भेटिँदैनन्, ठमेलतिर कतिपय पैसा खर्च गर्ने विदेशी भेटिन्छन् । त्यसबेला चाहीँ मालामाल भइन्छ’, सम्झना भन्छन् ,‘नेपालीले त हेयको दृष्टिले हेर्छन् । केही नेपालीका लागि मात्र सेवा दिने काम हुन्छ ।’ काठमाडौंको रात्रिबजारमा अवैधानिक यौन बजारको फरक स्वाद छ । तर त्यो भन्दा भिन्न छ रोजी जस्ताको दैनिकी र सेक्स व्यापार ।

तेस्रोलिंगी हुन् उनी । निरक्षर छन् । गाउँमा ‘हिजडा’ भनेर जिस्काउन थालेपछि काठमाडौं छिरेको १८ बर्ष भयो । काठमाडौं चिन्न उनलाई ४ बर्ष लाग्यो । मः मः पसल, होटलमा भाँडा माझ्ने काम गरे । तर त्यहाँ पनि राम्रो आम्दानी नभएपछि उनले रात्री बजार र अप्राकृतिक यौनलाई ‘सेवा अथवा पेसा’ का रूपमा अँगाले । धक नमानी भन्छन्, ‘अहिले हामी जस्ता हजार भन्दा बढि तेस्रोलिंगी काठमाडौंका विभिन्न चोक गल्लीमा यसै पेसाको सहारामा बाँचेका छौं ।’

समाजमा विचारको तहमा नआएको परिवर्तनका कारणले पनि तेस्रोलिंगीहरू झुक्याएर यौन व्यापार गर्ने बाध्यतामा छन् । उनीहरू सडक किनारमा उभिन्छन्, मदिराले लठ्ठ भएका ग्राहकसँग केही पैसा लिन्छन् र कुनै होटल वा आफ्नै बासस्थानमा अप्राकृतिक मैथुनमा सक्रिय हुन्छन् ।

‘ग्राहकहरूले पनि हामीलाई हेपेकै हुन्छन् । तर काठमाडौंको गर्जो टार्नु सामान्य काम होइन । यसकारण पीडा सहेरै भए पनि गुजारा चलाउने काममा सक्रिय हुन्छौं । आयस्रोतको मुख्य आधार भनेकै अप्राकृतिक मैथुन नै हो’, सम्झना जोड्छन्, ‘कतिपयले झुक्याएको भन्छन् तर समलिंगीको आचरण नै सुन्दर बन्नुपर्ने भएकाले हामी सजिएका हुन्छौं । मेकअप चाहीँ थोरबहुत हुन्छ ।’

रत्नपार्ककको सस्तो मोलमोलाई, ठमेलको महँगो प्रस्ताव, पव र बारमा ग्राहको पर्खाई र आम्दानीको मेलोमेसो खोज्ने काममा उनीहरूको समूह नै सक्रिय हुन्छ । ठमेल, जमल, चावहिल, गौशाला, चक्रपथमा खाजभोली ‘अप्राकृतिक मैथुन’का लागि ग्राहकको खोजीमा निस्कन्छन्, उनीहरू । ‘हामी पनि मान्छे हौं, खानुपर्छ । खानका लागि साधारण काम गर्ने अवसर छैन । अध्ययन छैन । त्यसैले यहि पेशालाई अँगालेका हौं ।’

केही संस्थाले तयार पारेको तथ्यांक नेपालमा रहेका समलिंगी वा तेस्रोलिंगीका आधिकारीक संख्या होइनन् । न पेसागत रूपमा तयार पारेका संख्या पनि आधिकारिक छन् । ‘हामीलाई कतिपय संस्थाले लगानीको भाँडो बनाएका छन् । उनीहरूले भन्ने गरेको अध्ययनलगायतका तथ्यांकमा सत्यता हुँदैन, काठमाडौंमा प्रायः समलिंगीले यौन व्यावसाय नै अपनाउन परेको छ । कुनै प्रतिष्ठान र कम्पनीमा काम पाइँदैन ।’

सरकारले, कानुनले समान अधिकार दिएको सुनेका उनीहरू अहिले पनि पेशाबाट विमुख नहुनुको कारण निरक्षरता पनि हो । अध्ययन र प्रमाणपत्र नभएका कारणले मनग्य पैसा आउने पेशा अपनाउनुपर्दा अप्राकृतिक मैथुन नै रहेको बताउँछन् । ‘कहिलेकाहीँ जोखिम पनि हुन्छ । तर, जीन्दगी जोखिममा नै सुख छ भने किन यो पेसा नगर्ने ?’, अर्का व्यवसायी पुनम भन्छन्, ‘हाम्रा पनि केही ग्राहक हुन्छन् बजारमा ।’

सेक्सका लागि देशका ठूला व्यापारी, प्रभावशाली व्यक्तिहरूको आचरण समेत बुझेका छन्, उनीहरूको समूहले । तर आफू जस्तालाई राज्यको मूलधारमा स्थापित गर्ने कानुनको व्यवाहारिक कार्यान्वयन नभएको देख्दा दुःखी पनि छन् । उनीहरूमा यहि पेशाको विकल्प केही छैन, पैसा जम्मा पार्न सके जवानीपछिका समयमा व्यापार गर्ने रहर पनि पालेका छन् । उनीहरू भन्छन्, ‘पछि सुखी हुन अहिले केही जोखिम त उठाउनै पर्छ नि !’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७