मेस्सीको गोल रद्द, बार्सिलोना बराबरीमा रोकिए


११ मंसिर २०७४, सोमबार
Messi

एजेन्सी: स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको लिग लिडर बार्सिलोना बराबरीमा रोकिएको छ ।   अवे मैदानमा भएको खेलमा बार्सिलोना दोस्रो स्थानको भ्यालेन्सियासँग १–१ को बराबरीमा रोकिएको हो ।Messi

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ६० औं मिनेटमा रोड्रिगोले गोल गर्दै अग्रता दिलाए । १ शुन्यले पछि परेको बार्सिलोनाका लागि भ्यालेन्सियाबाट आएका जोर्डी अल्बाले ८२ औं मिनेटमा बराबरी गोल गरे ।

यो बराबरीले बार्सिलोनाको ला लिगामा अपराजित यात्रा कायम रह्यो । खेलमा स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल गर्नु अघि नै रोड्रिगोले गोल गरेका थिए । तर रेफ्रीले मेस्सीको गोललाई मान्यता दिएनन् । मेस्सीले प्रहार गरेको गोलले लाइन पार गरेपछि भ्यालेन्सियाका गोलरक्षकले बल समातेका थिए । आफ्नो गोलले मान्यता नपाएपछि मेस्सी रिसाएका थिए । ्

बराबरीपछि पनि शीर्ष स्थानको बार्सिलोनाले चार अंकको अग्रता लिएको छ । उसको १३ खेलबाट ३५ अंक भएको छ । दोस्रो स्थानमा रहेको भ्यालेन्सियाको ३१ अंक छ । बार्सिलोना तेस्रो र चौथो स्थानका एथ्लेटिको मड्रिड र रियल मड्रिड भन्दा ८ अंकले अघि रहेको छ ।

ला लिगा अन्तर्गत राति नै भएका अन्य खेलमा सेभिल्लाले भिल्लारियललाई ३–२ ले हरायो भने रियल सोसिडाड र लास पालमस तथा एथ्लेटिको बिल्बाओ र डिप्रोटिभो डि लाकोरुनाले २–२ को बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७