किया स्पोर्टेज कार सार्वजनिक,मूल्य कति ?


२८ पुष २०७५, शनिबार
1547219085coverkiasportaze

काठमाडौँ – कोरियन मोटर निमार्ता कम्पनी किया मोटर्सको नेपालस्थित अधिकृत बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले नेपाली बजारमा सर्वाधिक रुचाइएको स्पोर्टेज कारको भर्सन सार्वजनिक गरेको छ ।

1547219085coverkiasportaze

किया मोटर्ससँग कन्टिनेन्टल टेडिङ सहकार्य गरेको २५ औं वर्षको अवसरमा शुक्रबार एक विशेष कार्यक्रम गरी चौथो पुस्ताको किया स्पोर्टेज कार सार्वजनिक गरिएको हो । नेपाली बजारमा उक्त कारको मूल्य ६९ लाख ९० हजार रुपैयाँ रहेको छ ।

चौथो पुस्ताको स्पोर्टेजमा कियाको नविन ड्राइभिङ प्रविधि र अत्याधुनिक इफोटेनमेन्ट सिस्टम जडान गरिएको छ जसले यात्रा अवधिभरलाई सहजता र मनोरञ्जन प्रदान गर्ने कम्पनीको दाबी छ ।

पेट्रोल र डिजल दुवै भर्सनसँगै नयाँ स्पोर्टेज जिटीलाइन मोडलमा पनि उपलब्ध छ । त्यसैगरी ब्रेकिङ प्रणालीलाई भरपर्दो बनाउन एन्टीलक ब्रेकिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलटी कन्ट्रोल, भेहिकल स्ट्याबिलिटी कन्ट्रोल, डाउनहिल एसिस्टजस्ता विशेषाहरु सँगै निक्कै बलियो स्टीलको प्रयोग गरी कारको बडी तयार गरिएकोले कार, सुरक्षित, आधुनिक र आरामदायी रहेको कन्टिनेन्टल ट्रेडिङ प्रालिका सहायक महाप्रबन्धक अनिस लामिछानेले बताए । उनले यो कार विभिन्न ६ नयाँ रङमा उपलब्ध रहेको बताए ।

उनले कोरियाबाटै सोझै आयात गरिएको भएपनि हामीले नेपाली बजार सुहाउँदो मूल्य निर्धारण गर्न सफल भएको बताए ।

कार उत्पादनका दौरान उच्च सुरक्षा सतर्कता अपनाई सुरक्षा सम्बन्धी नविन प्रविधिहरु जडान गरिएको कम्पनीले जनाएको छ। पेट्रोल र डिजेल दुवै अप्सनसँगै नयाँ स्पोर्टेज जिटीलाइन मोडलमा पनि उपलब्ध छ।

कारमा ८ स्पीड अटोम्याटिक ट्रान्समिसन, प्याडल सिफ्टर, तीन ड्राइभ मोड (नर्मल, इको र स्पोर्ट), फराकिलो सनरुफ, उच्च कार्यक्षमता प्रदान गर्ने सस्पेन्सन, सात इन्चको टचस्क्रीन, ८ स्पीकर, एप्पल कार प्ले र अन्ड्रोइड अटो सर्पोट गर्ने म्युजिक सिस्टम उपलब्ध छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७