आफैंले नेतृत्व गरेको नेकपा अवैध जस्तो लागेको छ : अध्यक्ष दाहाल


२९ पुष २०७५, आईतवार
Prachanda 1 ZJeyOnZjOu

काठमाडौं, २९ पुस । नेकपा अध्यक्ष पुष्पकमल दाहाल आफैंले नतृत्व गरेको पार्टी अहिले अवैध जस्तो भएको बताएका छन् ।

Prachanda 1 ZJeyOnZjOu

उपन्यासकार भगवती ढुंगेलको पुस्तक शनिबार विमोचन गर्दै उनले सबै राजनीतिक दलले हरेक कमिटिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनु पर्ने भए पनि आफ्नो पार्टीले अहिले नसकेकोमा पार्टी नै अवैधजस्तो भएको बताएका हुन् ।

उनले निर्वाचन आयोगमा आगामी महाधिवेशनबाट ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउने प्रतिबद्धता जनाएको र पुर्‍याउने दृढता पनि जनाए । ‘हाम्रो पार्टी अहिले अवैध जस्तो भएको छ । हामीले निर्वाचन आयोगमा ३३ प्रतिशत पुर्‍याउँछौं भनेका छौं । आगामी अधिवेशनबाट ३३ प्रतिशत प्रतिनिधित्व पुर्‍याउँछौं’ उनले भने ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७