जनप्रतिनिधि नै सुन तस्करीमा, प्रहरी जोगाउने दाउमा


२९ पुष २०७५, आईतवार
gold 1

सिरहा, २९ पुस । सिराहको गोलबजार, ९ धुर्मीखोला नजिकबाट तस्करीक पौने दुई किलो सुन बरामद गरेके सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ ।

gold 1

शनिबार भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि एक जनप्रतिनिधिसहित तीन जनालाई लुकाएको सार्वजनिक भएको हो ।

सार्वजनिक गरेको एक अभियुक्तले नै सूचना चुहाएपछि सशस्त्रले अन्य तीन जनालाई पक्राउ परेको जानकारी केही घण्टापछि दिएको छ । सदरमुकाम लहानस्थित सशस्त्र प्रहरी बल हेडक्वार्टर ७ नम्बर गणबाट खठिएको टोलीले सुनसहित उनीहरुलाई पक्राउ गरेको थियो ।

घटनामा अभियुक्त अमिरुल खानले अन्य तीन जना पनि पक्राउ परेको पत्रकार माझ बताएपछि प्रहरी अप्ठ्यारामा परेको थियो । पत्रकारले थप बुझ्न खोज्दा एक दुई घण्टा पछि आउनुहोस् भन्दै एसपी सोमप्रसाद गुरुङले सम्मेलन सक्काएका थिए । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७