कर्मचारीको वनभोजमा यस्तो ?


२९ पुष २०७५, आईतवार

काठमाडौं । बैदेशिक रोजगार विभाग काठमाडौं कार्यालयका कर्मचारीहरुले २०७५ पुस २१ गते आयोजना गरेको वनभोजमा सामान्य विवाद भएको बिषयलाई अनावश्यक रुपमा प्रचार गरिएको गुनासो गरेका छन् । वनभोजमा खानपिन र रमाइलो गर्दा सामान्य कुरालाई समाचारमा अतिरन्जित गरिएकाले आफूहरुको प्रतिष्ठामा आघात पुगेको उनीहरुले दाबी गरेका छन् ।

सहीदपार्क गोकर्णमा आयोजित वनभोजमा नायबसुब्बा रामप्रसाद पोखरेल र कम्प्युटरका कर्मचारीबीच हात हालाहाल नभएको पनि कर्मचारीको दाबी छ । श्रम मन्त्री गोकर्ण बिष्टका निजी सचिवलाई समेत जोडेर गरिएको प्रचारले आफूहरुलाई दुःख लागेको नायबसुब्बा पोखरेल र कम्प्युटरका कर्मचारी दीपक खड्काले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७