एसईईको कोचिङ कक्षामै छात्रामाथि प्रधानाध्यापकको यौन दुर्व्यवहार


२९ पुष २०७५, आईतवार
yaun

रत्ननगर, २९ पुस । नवलपरासी पूर्वस्थित गैँडाकोटको विद्यालयमा छात्रालाई यौन
दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

yaun
प्रतिकात्मक तस्विर

गैँडाकोट नगरपालिका–११ भेडाबारीमा रहेको मुकुन्दसेन बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेन्द्र पौडेलले शनिबार कक्षा १० मा पढ्ने छात्रामाथि दुव्र्यवहार गरेको भनी परिवारको उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो ।

छात्राको संवेदनशील अङ्गमा पौडेलले हात पुर्‍याएपछि पीडित छात्राले अभिभावकलाई जानकारी गराएसँगै घटना बाहिर आएको थियो । छात्रा एसइई परीक्षाको तयारीका लागि कोचिङ कक्षा लिइरहेकी थिइन् ।

उजुरी परेपछि पौडेललाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गैैडाकोटमा राखिएको छ । पौडेलमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जिसीले जानकारी दिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७