सदरमुकाम लैजाँदै गरेको मतपेटिका लक्षित गरी भोजपुरमा बम विस्फोट


११ मंसिर २०७४, सोमबार
bhojpur district

साल्पासिलिछो (भोजपुर) : साल्पासिलिछो गाउँपालिकाको मतपेटिका सदरमुकाम लैजादैँ गर्दा मतपेटिका लक्षित गरी बम विष्फोट गराइएको छ ।bhojpur district
यहाँको वडाहरुको मतपेटिका सदरमुकामतर्फ ल्याउने क्रममा षडानन्द नगरपालिका अन्तर्गतको नेपालेडाडाँको न्याउले जंगलमा सुतली बम विस्फोट गराइएको हो ।
विस्फोटबाट मानविय क्षती नपुगेको र थप अनुसन्धान गर्दै सुरक्षित साथ मतपेटिका लाने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
हालसम्म एकसय बढि मतदान केन्द्रका मेटपेटिका सदरमुकाम ल्याई सकिएको छ । साल्पासिलिछो र आमचोक गाउँपालिकाको मतपेटिका बेलुकी पु¥याइने प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले बताए ।
यस्तै हतुवागढि गाउापालिकाको मतपेटिका दिउसै आइसक्ने जानकारी दिए । जिल्लाभर १ सय ४८ मतदान केन्द्र थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७