बिहे गर्दै वर्षा राउत, ‘प्रणय दिवस’ मा प्रेम सम्बन्धलाई विवाहमा बदल्दै


३० पुष २०७५, सोमबार
Barsha Raut 23rd birthday 2 Barsha and Sanjog

काठमाडौं, ३० पुस । अहिलेकी चर्चित नायिका वर्षा राउतले आफ्नो लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्ने भएकी छन् ।

Barsha Raut 23rd birthday 2 Barsha and Sanjog

लामो समयदेखि अभिनेता संजोग कोइरालासँग प्रेम सम्बन्धमा रहेकी अभिनेत्री राउतले आउँदो भ्यालेन्टाइन डेको दिन लगनगाँठो कस्ने भएकी छन् । उनीहरुले सोमबार फेसबुकमार्फत विवाहको मिति घोषणा गरेका छन् ।

वर्ष र संजोगले आउँदो फागुन २ गते भ्यालेनटाइन डे (प्रणय दिवस) का आफ्नो प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा बदल्ने भएका हुन् ।

उनीहरुले आफ्नो आधिकारिक फेसबुकमा डिजाइन गरिएको एक कार्डमार्फत् विवाहको जानकारी र मिति घोषणा गरेका छन् । लेखेका छन्, ‘योभन्दा हामीलाई अत्यन्त खुशी महसुस भइरहेको छ कि हामी जीवनकालसम्मको यात्रा शुरुवात गर्न गइरहेका छौं ।’

Sanjog barsha 01

‘नाइँ नभन्नू ल ४’ बाट नेपाली सिने जगतमा डेब्यू मारेकी वर्षा पछिल्लो समय चलेकी नायिकामा गनिन्छिन् । उनको नयाँ चलचित्र ‘गोपी’ आउँदो माघ १८ गते रिलिज हुँदैछ भने हाल ‘चौका दाउ’ ‘दाल भात तरकारी’, प्रदर्शनको तयारीमा छन्।

संजाेग पनि नेपाली चलचित्र क्षेत्रमै काम गरिरहेका छन् । उनले ‘छक्का पञ्जा ३’, ‘बाजीगर’, ‘कथा काठमाडौं’ लगायतका चलचित्रमा अभिनय गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७